समाचार

चट्याङ लागेर दुई जना घाइते



दैलेख, १० फागुन । नारायण नगरपालिका–१ चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

शुक्रबार पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएकी हुन् । यस्तै गुराँस गाउँपालिका ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते भएकी छन् । दुवै जनाको उपचार भइरहेको छ ।