काठमाडौँ, १० फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका पदाधिकारीले सरकारी विमान सेवा नेपाल एयरलाइन्सको हङकङ काउन्टरमा बदमासी हुने गरेको भन्दै नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष राधिका गुरुङले हङकङ–काठमाडौं हवाई भाडा तुलनात्मक हिसाबमा अन्य गन्तव्यभन्दा महँगो रहेकाले यसलाई घटाउनुपर्ने, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्सको काउन्टरमा दलालहरूको उपस्थितिले यात्रुलाई असुविधामात्र नभएर गैर कानुनी काम हुने गरेको भन्दै मन्त्री भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको बताएकी छन ।
साथै अन्य विमान कम्पनीलाई शर्त नभएको हङकङ ट्रान्जिट भिसा नेपाल एयरलाइन्सले अनिवार्य गरेको विषयमा पनि एनआरएनका अधिकारीले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्