दार्चुला, १० फागुन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माएकी हुन् । छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । दोस्रो सन्तानका रूपमा धामीले बच्चा जन्माएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छिन् ।










प्रतिक्रिया दिनुहोस्