काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको महान् अभियानमा हरेक दिन एक कदम अघि भन्ने सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्ने महत्वपूर्ण अठोतका साथ अघि बढ्दै हुनुहुन्छ ।
यसै क्रममा उहाँको आज ६९औं जन्मजयन्तीको दिन समेत उद्घाटन र शिलान्यासमा नै वित्ने भएको छ । आफ्नो जन्मदिन मनाउन उहाँ आज आफ्नो जन्मभुमी तेह्रथुम जाने र त्यहाँ रहेका विकास निर्माणका कार्यहरुमा प्रत्यक्ष संलग्न हुनुहुने भएको छ ।
उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उहाँले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुनेछ ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्