काठमाडौँ, ११ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको सीमाभित्र रहेको नागरिकको सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् ।
आज राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै मन्त्री खतिवडाले साढे १६ लाख नागरिक चरम गरिबीको रेखामुनि रहेको र उनीहरू सबैको प्रिमियम सरकारले नै तिरेर बीमा हुने बताएका हुन् ।
उनले भने, ‘अहिले ३५ सय तिरेपछि लाख रुपैयाँसम्म कभर हुनेगरी परिवारको बीमा हुन्छ’ अर्थमन्त्रीले भने, ’गरिबीको रेखामुनि रहेका १६ लाखले त्यो तिर्नु परेन, सरकारले नै तिरिदिनेछ ।’
अर्थमन्त्री खतिवडाले पछिल्लो समय बीमाको पहुँचमा उल्लेखीय सुधार भएको भन्दै खुसी व्यक्त गर्दै भने, ‘बीमा समितिका अध्यक्षज्यूले बीमाको पहुँच २२ प्रतिशत पुगेको बताउनु भयो, यो धेरै राम्रो कुरा हो तर पर्याप्त भने छैन, ‘बीमाको दायरा अझै बढाउनु पर्नेछ, जसले प्रिमियम तिर्न सक्छन् तिर्नु परो तिर्नै नसक्नेका लागि त सरकार छ ।’










प्रतिक्रिया दिनुहोस्