काठमाडौँ, ११ फागुन । आज आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा सात सय रुपैयाँ बढेर छापावाला सुन प्रतितोला ७८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्