धादिङ, ११ फागुन । त्रिशूली नदीमा ट्रक खस्दा चालककाे मृत्यु भएको छ भने सहचालक घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ काे ज्यामिरेघाटबाट ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्