समाचार

करेन्ट लागेर पैदलयात्रीको मृत्यु



सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा २२ वर्षीय सार्की शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।