एजेन्सी, १२ फागुन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन ।
विश्वकै ज्येष्ठ प्रधानमन्त्रीका रुपमा चिनिएका ९४ वर्षीय महाथिरले ट्वीटर मार्फत राजीनामा घोषणा गरेका छन । पछिल्लो केहि समयदेखि महाथिर र अनवर इब्राहिमबीच सत्ता खिचातानी चलिरहेको थियो ।
९४ वर्षीय महाथिर दुई वर्षअघि भएको निर्वाचनमा मलेशियामा ६ दशकदेखि निरन्तर सत्तामा रहेको दल संयुक्त मलेशिया राष्ट्रीय संगठन (यूएमएनओ) लाई हराउँदै प्रधानमन्त्री बनेका थिए ।










प्रतिक्रिया दिनुहोस्