एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प २ दिने भारत भ्रमणका क्रममा अहमदावाद पुगेका छन् ।
हमदावाद एयरपोर्टमा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले ट्रम्पलाइ स्वागत गरेका हुन् । ट्रम्पको साथ अमेरिकाकी प्रथम महिला उर्फ ट्रम्पपत्नी मेलानिया ट्रम्प र छाेरी इभान्का पनि रहेका छन् ।
राष्ट्रपति ट्रम्प र प्रम माेदीबीच आज दिउँसाे वार्ता हुने भएको छ । ट्रम्प सत्तामा आएपछि भारतकाे अमेरिकासँगका व्यापार सुविधा कटाैती गरेका थिए । यस भेटवार्तामा भने दुबै देशको बीचमा कुनै नयाँ ‘ट्रेड डिल’ हुने अपेक्षा गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्