पोखरा, १२ फागुन । कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार घुससहित पक्राउ परेका छन् ।
कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
रौनियार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० कास्कीबाट सो गाउँपालिका क्षेत्रमा खटिएका थिए ।










प्रतिक्रिया दिनुहोस्