काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलबीच भेटवार्ता भएको छ ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा राजदूत युसुफबीच भेटवार्ता भएको हो । भेटमा कतारमा रहेका नेपाली कामदारहरूको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए ।
साथै राजदूत युसुफले सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरे ।










प्रतिक्रिया दिनुहोस्