अव देशव्यापीरुपमा एकेडेमिक योग प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिने
भक्तपुर, १३ फागुन । नबराज काफ्ले । पातञ्जल योग समिति नेपालले योगको विभिन्न तह र स्तर निर्धारण गरि योग र यसको विज्ञानलाई शैक्षिक तथा प्राज्ञिक बनाई पेशागत व्यवसायिकता एवं रोजगारमुलक बनाउन नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत देशव्यापीरुपमा योग प्रशिक्षण तालिमका कक्षाहरु सञ्चालन गर्नेगरि सिटिईभिटी सँग सम्बन्धन लिएको छ ।
वि।स २०७५ मसिर ७ गते योग सम्बन्धी पाठ्यक्रम, तालिम र सिप परिक्षणको व्यवस्थापन मिलाउन पातञ्जलले सिटिईभिटि समक्ष अनुरोध पत्र पेश गरिरहदा सिटिईभिटीले तत्काल सो कार्यक्रम स्विकृत गरि डा हरि प्रसाद पोखरेलको संयोजनमा एक प्राविधिक समिति गठन गर्दै सो कार्यक्रम शुभारम्भ गरेको पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले जानाकारी गराउनु भयो ।
पातञ्जल योग समिति नेपालको समन्वयकारी भुमिकामा करीब एक वर्षको अथक प्रयास र निरन्तरताबाट सिटिईभिटीले डा हरि प्रसाद पोखरेलको नेतृत्वमा नियुक्त गरेका पातञ्जल योग समिति एवं अन्य यौगिक संघ संस्थाका विज्ञ व्यक्तित्वहरुका विचको धेरै चरणको छलफलबाट तयार पारिएको पाठ्यक्रम र सिप परिक्षणको आधारमा पातञ्जल योग समिति नेपाललाई परिषदकोको विस ०७६ माघ २९ गतेको निर्णयानुसार ५२० घण्टाको आधारभुत योग प्रशिक्षक तालिम सञ्चालन गर्ने अुनमति दिएको छ ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपालले यो तालिममा सहभागी हुन कम्तीमा पनि एसईई उर्तिण हुनु पर्ने जानाकारी गराउँदै पातञ्जल योग समिति नेपालले केहि दिन भित्रै सार्वजनिक सूचना प्रेषित गरि कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हुँदा पातञ्जल योग समिति मातहतका सम्पूर्ण प्रदेश, जिल्ला समितिहरुलाई तयारी अवस्थामा रहन आग्रह समेत गर्नु भएको छ ।
पातञ्जल योगसमिति नेपालका केन्द्रिय संरक्षक वालमुकुन्द सुवालले नेपालमा तालिम लिई योग शिक्षकको रुपमा कार्यरत योग शिक्षकहरु हजारौ पुगिसकेका छन्, तर ति शिक्षकहरुसँग नेपाल सरकार द्धारा मान्यता प्राप्त शैक्षिक योग्यताको तालिमको समानन्तर आधिकारीक प्रमाणपत्रहरु छैनन्, त्यो नहुँदा उनिहरुले सिकाईरहेको योग,लिइरहेको तालिम र धारण गरिरहेको योग शिक्षकको पदवी माथिनै आधिकारिकताको प्रश्नचिन्ह खडा भैरहदा यसलाई सिटिईभिटि सँग सम्बन्धन लिई व्यवस्थित तवर बाट सञ्चालन गर्न आवाश्यक देखिएको विषयमा आफ्नो धारणा राख्नु हुँदै पातञ्जलले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धीबाट देशभर प्रत्येक जनजनमा योगलाई पूरयाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य डा प्रकाश पाण्डे,केन्द्रिय सदस्य दिर्घराज गिरी,केन्द्रिय सदस्य प्रदिपकुमार श्रेष्ठ लगायतले योग शिक्षामा संलग्न भईरहेका हजारौ योग शिक्षकहरुलाई उनिहरुको योग्यता र क्षमताको परीक्षण गरि शैक्षिक मान्यता प्राप्त योग शिक्षकहरु निर्माण गर्न अब ढिलाई नगरीकन पातञ्जल योग समिति अघि बढ्ने धारणा राख्नु भएको थियो । पातञ्जल योग समिति नेपालले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिमा विशेष साथ र सहयोगको लागि शिक्षा मन्त्रालय, सिटिईभिटी परिवार,प्राविधिक समितिका संयोजक डा हरिप्रसाद पोखरेल लगायत उहाँको सिंगो टिम, योग प्रशिक्षक भानुभक्त दहाल,पुरुषोत्तम अधिकारीलाई विशेष धन्यवाद प्रकट गरेको पातञ्जल योग समिति नेपालका सल्लाहकार संयोजक एव साझा प्रकाशनका महाप्रबन्धक होम प्रसाद गौतमले जानाकारी गरानउभुयो ।










प्रतिक्रिया दिनुहोस्