Banner News

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक : मन्त्री थापा



चितवन, १३ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

आज अस्पतालको निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री थापाले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका हुन् ।

देशभर र छिमेकी देशबाट समेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताउदै उनले अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उनको भनाइ थियो ।