Banner News

प्रधानमन्त्रीको जन्मोत्सवको अवसरमा पाँचथर र तेह्रथुमले समृद्धि र विकासमा पाएका खुसीहरु



काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको ६९ अाै जन्मदिनको अवसरसंगै पाँचथर र तेह्रथुम बासिले समृद्धि र विकासमा धेरै खुसी पाएका छन ।

प्रधानमन्त्री ओली आफ्नो जन्मोत्सवको अवसरमा जन्मघर तेह्रथुम पुगेका थिए । सोही क्रममा उनले बिभिन्न समृद्धि र विकासका कार्यहरु समेत गरेका छन ।

उनले गरेका समृद्धि र विकासका कार्हयरु :

१.५१ करोड ३० लाखको लागतमा यासोकमा वृहत पम्पिङ खानेपानी उद्घाटन,
२. ४ करोड ५१ लाख ५१ हजार ७७६ लागतमा निर्माण सम्पन्न भएको विद्युतको उद्घाटन,
३. सुकेपोखरी देखि ढुङ्गेसागु सम्मको ६५ कि.मि. कालोपत्रे सडकको उद्घाटन,
४. सङ्क्रती बजारमा नेपाल बैककाे १७७ अौ शाखाकाे स्थापना,
५. प्राविधिक शिक्षलय स्थापनाकाे घोषणा,
६. कृषि शिक्षालय स्थापनाको घोषणा,
७. जन्मदिनको अवसरमा ४ सय जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण,
८. २००० विद्यार्थीको लागि शैक्षिक सामाग्री वितरण ।