Banner News

आइजीपी ज्ञवालीद्वारा उत्कृष्ट सेवा प्रवाहका लागी दत्तचित्त भएर भूमिका निर्वाह गर्न निर्देशन



काठमाडौँ, १४ फागुन । प्रहरी महानिरीक्षक (आइजीप) ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरीलाई उत्कृष्ट सेवा प्रवाहका लागी दत्तचित्त भएर भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

आज अस्पताल महाराजगंजको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर आआफ्नो भूमिका निर्वाह गर्न उनले निर्देशन दिएका हुन् ।

सो क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गरे । साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिए ।

साथै उनले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै स्तरीय सेवा दिन अस्पताल सदैव प्रतिवद्ध रहेको समेत बताए ।