काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध खेल खेलिएको आरोप लगाएका छन् ।
विहिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् । प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’
उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए । ‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’
ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयको कार्यान्वयन माथि समेत शंसय पैदा भएको उनले बताए ।
वामदेवलाई राष्ट्रियसभामा लैजाने, संविधान संशोधन कार्यदल बनाउने लगायतका विषयमा बाहिर ल्याएको भन्दै ओलीले बैठकमै असन्तुष्टि जनाएका थिए ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाउन चाहन्छन् । त्यो स्थानमा गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि ओलीले राष्ट्रिपतिबाट मनोनित हुने सदस्य संख्या ९ पुर्याउन चाहेका थिए । त्यो पनि नभएपछि प्रधानमन्त्री ओली रुष्ट बनेको र बुधबारको सचिवालय बैठकले पार्टीभित्रको विवादलाई गम्भीर मोडमा पुर्याएको संकेत गरेको एक नेताले बताए ।










प्रतिक्रिया दिनुहोस्