पोखरा, १५ फागुन । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।
एक वर्षअघि फागुन १५ गतेताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री अधिकारीको पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो ।
अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले शालिकको अनावरण गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्