विश्व

इटालीमा कोरोना संक्रमण दर २५ प्रतिशतले वृद्धि



एजेन्सी, १५ फागुन । इटलीमा कोरोना भाइरसको संक्रमण २५%को दरले वृद्धि भएको छ ।

युरोपतर्फ कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ । बीबीसीका अनुसार, यहाँका १२ मानिसले ज्यान गुमाइसकेका छन् भने ४ सय मानिस संक्रमणमा परेका छन् ।

बीबीसीका अनुसार मंगलबार रातिसम्म इटलीका ३२० मानिस यसबाट संक्रमित रहेकोमा बुधबार ४ सय पुगेको छ । अघिल्लो दिनको तुलनामा यो संक्रमण २५ प्रतिशतले बढी भएको इटलीका सरकारी अधिकारीहरूले जनाएका छन् ।

कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण फैलिएको हो ।  त्यस्तै, स्पेन, जर्मनी र फ्रान्समा पनि कारोनाका बिरामी भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनबाहिर तीव्र गतिमा कोरोना भाइरस फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।