Banner News

एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन : मन्त्री पोखरेल



काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री एवम् नेकपाका नेता  ईश्वर पोखरेलले एकतामा एताउता  गर्ने कुरा स्वीकार्य नभएको बताएका छन् ।

आज राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका हुन् ।

उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता  गर्ने कुरा स्वीकार्य छैन ।’

मन्त्री पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताउदै उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’