समाचार

एक दम्पति घरभित्रै मृत अबस्थामा फेला



कञ्चनपुर, १६ फागुन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन् ।

हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध पुर्‍याउने मान्छे आउदा घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका छन् ।

श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अहिले प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच थालेको छ । इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली पुगेको जनाएको छ ।