Banner News

सानोतिनो भूकम्पले नेकपाको घर भत्किँदैन : मन्त्री भट्टराई



कास्की, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सानोतिनो भूकम्पले नेकपाको घर नभत्कने बताउनुभएको छ ।

रविन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम रविन्द्र स्मृति समारोहमा बोल्दै मन्त्री भट्टराईले काठमाडौँमा २/४ रेक्टरको भूकम्प गएपनि नेकपाको घर नभत्कने दाबी गर्नुभयो । अलिअलि चर्किएछ भने पनि आजकाल इन्जिनियरले अनेक उपाय निकालेको बताउँदै उहाँले चर्किहाले पनि घर सकूशल ठडिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले मिडियामा सुनिरहेको छुँ । काठमाडौँमा सानोतिनो भूकम्प गइरहेको छ । काठमाडौँका घर अलि कमजोर पनि छन् । किनकी भूकम्प पनि अलि बढि त्यही गयो । तर, यो भूकम्पले नेकपाको घर चर्कने वाला छैन । इन्जिनियरले रेक्टोफिटिङ गर्छन्, अनेक उपाय छन् । हाम्रो नेकपाभित्र अनेक इन्जिनियर छन्, ती इन्जिनियरले रेक्टोफिटिङ गर्छन्, त्यसललाई सकूसल ठड्याउँछन् ।’

पार्टी अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को इतिहास स्मरण गर्दै सानातिना घटनाबाट पार्टी नेतृत्व बिचल्लित नहुने समेत जिकिर गर्दै उहाँले पार्टीभित्र देखिएका केही समस्यालाई हल गर्न नेतृत्वले सामथ्र्य राख्ने बताउँदै कार्यकर्तालाई निराश नहुन समेत आग्रह गर्नुभयो ।