धनुषा, १६ फागुन । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् ।
जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको हो ।
सचिव ठाकुरलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्