पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रम फैलाउने प्रति आक्रोस व्यक्त गर्नुभएको छ ।
पोखरामा शुक्रवारदेखी शुरु भएको नेपाल स्काउट, गण्डकी प्रदेश स्तरिय स्काउट आधारभुत तालिमको उद्घाटन समारोहमा बोल्दै सांसद पहारीले मुलुक रुपान्तरणको महान् जिम्मेवारीको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओली कै नेतृत्वमा वर्तमान समयमा संघियताको कार्यान्वयनसँगै ५०औं वर्षदेखी हुन नसकेका विकासका कामहरु भइरहेको स्पष्ट पार्नुभयो ।
प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङद्वारा झण्डोत्तलन गरी गरिएको उद्घाटन कार्यक्रममा सांसद पहारीले सरकारको विरोधीले दिनलाई रात र रातलाई दिन भन्ने गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । राम्रो कामलाई राम्रो भन्न नसक्नु विरोधीको मुटु नै कमजोर भएको उल्लेख गर्दै उहाँले कमजोर मुटुको मुल्याङकन जनताले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि हो । नेकपाको लागि मात्र हैन, समृद्ध नेपाल ः सुखी नेपालीको लागि हो । युवाहरुको भाग्य र भाविष्यको लागि हो । पछिल्लो समय युवाहरुमा नकरात्मक प्रतिकृया दिने सोचको विकास भइरहेको उल्लेख गर्दै उहाँले सकारात्मक सोचको विकास गर्नु अहिलेको अपरिहार्यता रहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय गौरवका असंख्य आयोजनाहरु निर्माण भइरहेको सविस्तार प्रस्तुत गर्दै उहाँले विगतमा भारतले नाकावन्दी लगाउँदा हाहाकार हुनपर्ने नेपालमा अहिले पाइपलाईनबाट तेल आउन थालेको बताउनुभयो । संघमा केपी ओली तथा प्रदेशमा पृथ्वी सुब्बाले गरेका कामको जानकारी मात्र गराउने हो भने दुई दिनमा पनि सकिदैंन उल्लेख गर्दै विरोधको लागि विरोध हैन, तथ्यले के भन्छ सोही अनुसार अघि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।
विगतमा भ्रष्टाचारको ठूलो जालो रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारको पालामा भ्रष्टाचार बढेको नभई कारवाही गर्ने दायरा बढेको उल्लेख गर्नुभयो । भ्रष्टाचारीलाई कारवाही गर्दा सडक आन्दोलन तथा हड्तालमा जानु नहुने बताउँदै उहाँले वर्तमान सरकारको नेतृत्वमा नै कानुनी राज्यको आभास भइरहेको बताउनुभयो । जनतामा कानुनी शासनको अनुभत इतिहासमा नै पहिलो पटक वर्तमान सरकारको पालामा भएको समेत उहाँले उल्लेख गर्नुभयो ।
वर्तमान ओली नेतृत्वको सरकारकै कारण १४ वटा कुरामा विश्वको सुचकांकमा व्यापक मात्रामा माथि उठेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मलाई मन परेन भन्दैमा दिउँसोलाई रात भन्न सकिन्छ ? तथ्यमा आधारित भएर अघि बढ्नुपर्छ । माउरीको मह मात्र हुँदैन, खिल पनि हुन्छ, राम्रा काम गर्दै जाँदा एक प्रतिशत कमिकमजोरी भयो भने त्यसलाई तिललाई पहाड बनाएर जानेकुरा कसैले गर्नु हुँदैन ।’
अनुसाशन तथा आत्माविश्वासको हतियारका साथ स्काउट अघि बढेको उल्लेख गर्दै प्राकृति विपद्मा सवैभन्दा पहिले सुरक्षाकर्मी पछि स्काउटको भूमिका महत्वपूर्ण रहेको जसले गर्दा स्काउट अर्ध सैनिक जस्तो भएको समेत उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलगायतले शुभकामना व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्