काठमाडौँ, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कोटेश्वरको जाम कम गराउन दीर्घकालिन र अल्पकालिन विकल्पमा काम शुरु गरिएको बताउनु भएको छ ।
एक सय दिनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उहाले जडिबुटि–कोटेश्वर जाम घटना दायाँबाया चार लेन थपिन लागेको जानकारी दिनुभयो । त्यसका लागि पर्यटन मन्त्रालयसँग समन्वय गरेर जग्गा प्राप्तीको काम सकिएको बताउनु भयो ।
अहिले जडिबुटि पुलसम्ममात्र सर्भिस लेन रहेकोमा अब त्यो कोटेश्वरसम्म जोडिने छ । यसैगरी दिर्घकालिन समधानका लागि फ्लाइ ओभर र अण्डर ग्राउण्ड सडक बनाउन जापान सरकारसँग कुराकानी भईरहेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । उहाका अनुसार यो आर्थिक वर्षको अन्त्यसम्म काम शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्