राजनीति

नेता बामदेव गौतमलाई सांसद वा मन्त्री बनाउन खोज्नु गलतः सुरेन्द्र पाण्डे



चितवन, १७फागुन।नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जनताबाट पराजित भएका व्यक्तिलाई सांसद वा मन्त्री बनाउन खोज्नु गलत भएको बताउनु भएको छ । पछिल्लो समय सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिने निर्णयको उहाले विरोध गर्नुभएको हो ।

भरतपुर विमानस्थलमा आज विहान संचारकर्मीसँग कुरा गर्दै उहाले जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै यसले लोकतन्त्र बलियो हुन नदिने जिकिर गर्नुभयो । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताका रुपमा हेरिनु भएको पाण्डेको पछिल्लो भनाईले नेकपामा पुनः नयाँ समिकरण बनेको आभास हुन थालेको छ । संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा ९१० बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ । पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको नेता पाण्डेले बताउनु भयो ।