भक्तपुर, १७ फागुन । विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन ।
भक्तपुरस्थित विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा ३१ वर्षीय कुशल बोगटी र ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार फागुन १५ गते पक्राउ गरिएका उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहित २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्