राजनीति

पार्टीलाई फुट्छ भनेर दिवा सपना नदेखे हुन्छ : वरिष्ठ नेता खनाल



काठमाडौँ, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई कसैको स्वार्थले फुटाउन नसक्ने बताउनुभएको छ ।

विदुरमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पछिल्लो समय पार्टीभित्रको विवादले विभिन्न अडकल बाजी भइरहेको बताउर्दै स साना विवादले पार्टीमा समस्या नआउने बताउनुभयो । उहाँले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताउनुभयो । उहाँले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताउनुभयो ।

पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले भन्नुभयो, “पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।”

नेता खनालले एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने दोहो¥याउनुभयो । एमसिसी सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने उहाँले बताउनुभयो ।