विश्व

कोरोनाभाइरसका कारण विश्वभरको शेयर बजार प्रभावित



एजेन्सी, १८ फागुन । कोरोनाभाइरस फैलने डरले विश्व शेयर बजारमा असर देखिएको छ । अमेरिकी शेयर बजार डाउ जोन्समा ११९०.९५ अंकको गिरावट देखियो ।

यो डाउ जोन्सको १३५ वर्षको इतिहासमा एकै दिनको सबैभन्दा ठूलो गिरावट हो । ब्रिटेन, जापान, चीन, हङकङ, क्यानडासमेत सबै प्रमुख बजारलाई कोरोनाभाइरसले प्रभावित बनाउनेछ ।

शुक्रबार सेन्सेक्समा १४४८.३७ अंकको ¥हास आएर ३८,२९७.२९ अंकमा बन्द भयो । यो सेन्सेक्सको हालसम्मको दोस्रो ठूलो गिरावट हो ।निफ्टीमा ३.५६ प्रतिशतको गिरावट आयो । निफ्टी ४१४.१० अंक तल झरेर ११२१९.२० अंकमा पुग्यो ।

पछिल्लो ६ दिनमा सेन्सेक्स झण्डै ७ प्रतिशत झरिसकेको छ । यसबाट बीएसईको बजार क्यापमा करिब १८.५ लाख कारोड रुपैयाको कमी आयो ।

महामारीको भयमाझ संसारका अन्य शेयर बजार नेस्डेक, डाउ जोन्स, निक्केई, हैङ्सेङ, शंघाई कम्पोजिटसमेत सबै बजारमा असर परेको छ ।

विशेषज्ञका अनुसार, सन् २००८ को आर्थिक मन्दीपछि संसारभरको स्टक हालसम्मकै खराब चरणमा पुग्दैछ । डाउ जोन्समा ११९०.९५ अंकको गिरावट देखियो । यो डाउ जोन्सको इतिहासको एक दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो ।

एक हप्तामै डाउ जोन्समा ३,२२५.७७ अंक अर्थात ११.१ प्रतिशतको गिरावट आइसकेको छ ।