Banner News

जहाँ सरकारी जग्गा कब्जा, त्यहाँ मन्त्री अर्याल : १५ कट्ठा जग्गा फिर्ता



महोत्तरी, १९ फागुन । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले अतिक्रमित सरकारीरसार्वजनिकरगुठीको जग्गा सरकारकै नाममा ल्याउने अभियानलाई तीब्रता दिनुभएको छ ।

उक्त कार्यक्रममा मन्त्री स्वयं उपस्थित भएर जग्गा फिर्ता अभियानकै क्रममा मन्त्री अर्यालले महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका वडा नम्बर ५ स्थित निगौन गाई गौशालाको नाममा रहेको अतिक्रमित जग्गा सरकारकै नाममा फर्काउनुभएको छ । गौशालाको नाममा रहेको १४८ विघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घर टहरा भत्काइएको छ ।

सम्बोधनको क्रममा मन्त्री अर्यालले कोही पनि सुकुम्बासी, भूमिहीन नागरिक अन्यायमा नपर्ने बताउनुभयो । सरकारले कुनैपनि सुकुम्बासीलाई बिस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । ‘हामी भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न हामी अगाडि बढेका छौं, यस्को व्यवस्थापन सरकार आफैले गर्छ । त्यसैले कोही सुकुम्बासी अन्यायमा पर्दैनन । सुकुम्बासीलाई बिस्थापित पनि गर्दैनौं, अरू व्यवस्थापन गर्छौ,’ मन्त्री अर्यालले भन्नुभयो ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक गणेश ठाडामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक माधवप्रसाद पुडाशैनी, स्थानीय तहका नेताहरुसहितको उपस्थितीमा उक्त स्थानका घरटहरा भत्काइएका हुन् ।