काठमाडौँ, १९ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ ।
नेपाली पत्रकारको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा० स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उहाँले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्, यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।”
उहाँले विभिन्न पेशामा संलग्न भए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय कार्यक्रममा एकाकार हुन सबैमा आह्वान गर्नुभयो । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “आफू जहाँ गए पनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पु¥याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसले निरन्तरता पाउनुपर्छ ।”
समारोहमा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरियो । पत्रकारद्वय मेनका ढुङ्गाना (अछाम) र प्रकाशसिंह (बाजुरा)लाई जनही ५०० डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो ।










प्रतिक्रिया दिनुहोस्