काभ्रे, १९ फागुन । अवैध लागूऔषधसहितपनौती नगरपालिका–६ पनौती बजारबाट एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले रौतहट गुजरा नगरपालिका–२ महिरा घर भई हाल पनौती बजारमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको कोठामा खोजतलासी गर्दा लुकाइछिपाई राखेको लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित शनिबार बेलुका पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्