राजनीति

प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न मिल्ने



काठमाडौँ, २० फागुन । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले https://kpsharmaoli.com.np/ मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिका कुनै पनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन । प्रम ओलीको लागि यो दोस्रो पटक सुभेक्षा प्रकट सम्पूर्णको लागि गर्ने अवसर दिइएको हो ।

प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हँुदैछ ।