बारा, २० फागुन । उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम समयमै सम्पन्न हुने बताएका छन ।
आज बाराको निजगढ नगरपालिकाको नव–निर्मित भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले पुल र टनेलका लागि ग्लोबल टेन्डर आह्वान पश्चात् द्रूतमार्गको प्रगति देखिने बताएका हुन ।
उनले भने, ‘पुल र टनेलका लागि ग्लोबल टेन्डरको प्रक्रियामा रहेकाले टेन्डर पक्रिया पश्चात् काम सुरु हुन्छ । अब ठूला काम भनेको टनेल र पुल नै हो ।’
प्राविधिक ढंगबाट निजगढको विकल्प नदेखिएकाले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्ने भन्दै मन्त्री पोखरेलले सर्वोच्चको कारण काम नरोकिने बताए ।
उनले भने, ‘द्रूतमार्ग र विमानस्थलका कुराहरु प्रक्रियाबाट नै छिनोफानो गर्नुपर्छ । कानून सम्बत ढंगबाट नै छिनोफानो हुनुपर्छ । एयरपोर्ट र बाटो बन्ने कुरा राष्ट्रिय आवश्यकता हो, त्यो अवश्यकता पूरा गर्न जे गर्नुपर्छ, त्यो काम गर्न हाम्रो सरकार प्रतिबद्ध छ । यसमा तपाईहरुलाई विश्वास दिलाउँन चाहन्छु ।’










प्रतिक्रिया दिनुहोस्