काठमाडौँ, २१ फागुन । भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईसहित ८ जना विरुद्ध आर्थिक अनियमितताको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको किर्ते औठाछाप लगाइ अर्को व्यक्तिको नाममा जग्गा पास गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
मुत्यु भइसकेकी रनमाया लिम्बुको नाममा रहेको जग्गा गैरकानुनी रुपमा रत्नदेवी लिम्बुको नाममा हालैको बकसपत्रमार्फत हक हस्तानान्तरण भएको देखिएको छ ।
नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्णप्रसाद नेपाल र खरिदार (मोठफाँट) रामप्रसाद भट्टराईलाई प्रतिवादी बनााइएको छ ।
साविक इटहरी नगरपालिका, हाल इटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमाल, लेखापढी व्यवसायी पुस्करप्रसाद पोखरेल, आरोपित रत्नदेवी लिम्बु,पारित गलत लिखतका साक्षी गोविन्द कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।










प्रतिक्रिया दिनुहोस्