Banner News

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ६ घण्टामा सकिने



काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ ।

प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।

परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको हो । अहिले बिहान ९ बजेदेखि सुरु हुने प्रत्यारोपणको काम करिव ६ घण्टामा सकिनेछ ।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका डा. अनन्तकुमारसहित टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन नेपाल आएको छ ।

प्रत्यारोपणमा युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली संलग्न रहनेछ ।