कपिलवस्तु, २२ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा डोजर एउटा गाडीमा आगजनी भएको छ ।
गएराति हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको दुईवटा डोजर र एउटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।
आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्