समाचार

काठमाडाैँमा भेला भएर हाेली खेल्न निषेध !



काठमाडाैँ, २२ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरेको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर काठमाडाैँमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि स्वीकृति नदिने निर्णय समेत गरेको छ ।

काठमाडाैँ जिल्ला प्रशासनका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको छ ।