समाचार

बलात्कार आरोपमा सात वर्ष कैद



सप्तरी, २३ फागुन । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ ।

बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन् ।