काठमाडौँ, २४ फागुन । पूर्वराजा वीरेन्द्र शाहको निजी निवास अब बैशाखदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । चैत नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा वीरेन्द्र बस्ने गरेको निजी निवास वैशाख १ गतेबाट सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।
त्यस्तै नारायणहिटीसँगै निर्माण गरिएको गणतन्त्र स्मारक पनि आउँदो चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । समितिका अनुसार स्मारक बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । सुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था समितिले मिलाइएको छ ।
विकास समितिका अनुसार, ९ वर्षमुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । अन्यको हकमा भने शुल्क लाग्नेछ । विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ वर्षमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । शुल्क ५० रुपैयाँदेखि १००० सम्म तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्