काठमाडौँ, २७ फागुन । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ ।
अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ । सरकारले अघिल्लो साता मात्र कोरोना भाइरसको संक्रमण बढी देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्