सप्तरी, २७ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा सोमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २६ वर्षीय प्रकाश चौधरी र त्यही मोटरसाइकलमा पछाडि बसेका कृष्णाशवरण गाउँपालिका ६ का २३ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।
तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्