राजनीति

विष्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका एक नेता पक्राउ



काठमाडौँ, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको आरोपमा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई केहीवेरअघि जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ ।