राजनीति

विप्लवसँग वार्ता प्रयास गर्दै सरकार



काठमाडौँ, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ । सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ ।

प्रतिबन्धित पार्टीसँग वार्ता गर्न एक वर्षअघि सरकारले पूर्वमन्त्री एवम्‌ नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर प्रतिबन्धित पार्टीले सरकारद्वारा पक्राउ गरिएका आफ्ना सवै नेतारकार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वशर्त राखेपछि वार्ता अघि बढ्न सकेको थिएन । यतिखेर भने उनै सांसद पाण्डेमार्फत वार्ताको पहल भइरहेको छ ।

स्रोतका अनुसार पाण्डेले करिब एक महिनाअघि प्रतिबन्धित पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ र दशैंताका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेका थिए । बाँस्तोला प्रतिबन्धित पार्टीका पाँच सचिवालय सदस्यमध्ये एक एवम्‌ पश्चिम कमाण्ड इञ्चार्ज हुन्‌ । यो खबर अजाको कान्तिपुर दैनिकले छापेको छ ।