काठमाडौँ, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको रणनीति बनाउन भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरेका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत् मोदीको उक्त निम्तो प्रधानमन्त्री कार्यालयमा पुर्याएको छ ।
तर भिडिओ कन्फरेन्सको मिति भने टुंगो लागिसकेको छैन । मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्