राजनीति

मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता



विराटनगर, ३० फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेसन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे गरेको कामहरू मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए । त्यस्तै राजदूत कोडीले संघीयता नेपालका लागि अवसर भएको बताएका थिए । उनले प्रदेश १ सरकारले गरेका कामको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताए ।

उक्त भेटमा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शून्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्त्वपूर्ण आधारहरू तयार भएको जानकारी गराए ।