काठमाडौँ, ३० फागुन । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सकिने भएको छ ।
१११५ मा टेलिफोन गरेपछि परामर्श समेत लिन सकिने साथै टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।
आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
कल सेन्टरमा ११ जना कर्मचारीलाई तालिम दिएको समेत दिएको महाशाखाले जनाएको छ । कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा त्यहाँबाट परार्मश पाइनेछ ।










प्रतिक्रिया दिनुहोस्