समाचार

टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु



भक्तपुर, १ चैत । चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ ।

बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका १८ महिने शिशिर मोक्तानको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

शिशिर सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा हुन् । टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।