राजनीति

प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालियो



काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आज बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिदिएका हून ।

बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन् ।