कञ्चनपुर, ३ चैत । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् ।
गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए । जयलालले जेठी श्रीमतीको मृत्यु भएपछि धनासँग दोस्रो विवाह गरेका थिए । अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट मोबाइलको हेडफोन बरामद गरेको र अनुसन्धान गर्दै जाँदा भरतले प्रयोग गर्ने मोबाइल र बरामद भएको हेडफोन एउटै कम्पनीको देखिको छ । पक्राउपछि उनले हत्या आफूले गरेको साविती बयान दिएका छन् । हत्यापछि उनी भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ ।










प्रतिक्रिया दिनुहोस्